Showing posts with label Creations. Show all posts
Showing posts with label Creations. Show all posts

Saturday, November 19, 2016

Nepali Gazal | Chhaani Chaani Nirdoshlaai (छानी छानी निर्दोषलाई) | Bigyan Darshan

छानी छानी निर्दोषलाई ताकिन्छ यहाँ,
यसरी नै नेपाल देश हाँकिन्छ यहाँ

अरु चन्द्रमा छुन सफल भइ रहँदा,
बन्द हड्ताल सफल पार्न डाकिन्छ यहाँ

आमाको आँचल खोसिदा केही बोलिदैन,
तर गोर्खाली हुँ भनी फलाकिन्छ यहाँ

'अब सारा गरिबको गाँसको जिम्मा मेरो'
अरे बोलीले त संसारै ढाकिन्छ यहा

शान्तिको नाममा , धर्म निरपेछ्यता भन्दै,
बुध्द दर्शन कुनातिर जाकिन्छ यहाँ
Share:

Tuesday, October 25, 2016

Thursday, May 26, 2016

गजल::::काम हराएका छन यहाँ----प्रकृति प्रेमी>>



                गजल

   प्रकृति प्रेमी , युवा गजलकार 


श्रमिक हराएका छन, काम हराएका छन यहाँ।
झण्डाबाटै जून, घाम हराएका छन यहाँ।

सोझा-साझा, निमुखा जनतालाई न्याय दिने।
मन्दिय हराएका छन, राम हराएका छन यहाँ।

परदेशमा श्रीमान मारिएको खबर पाउलिन र प्रियाले?
चिठी हराएका छन, खाम हराएका छन यहाँ।

पूर्व, पश्चिम, दक्षिणबाट थाहा छ तिमीलाई?
कति घर, कति गाम हराएका छन यहाँ।


आफ्नो परिचय कसरी राख्ला खै प्रेमीले!?
कैंयौं थर, कैंयौं नाम हराएका छन यहाँ।


 copyright @ प्रकृति प्रेमी
Share:

Friday, July 3, 2015

Achel kabitama By Bigyan Darshan

गजल
अचेल कवितामा कविता पाइँदैन
 हिन्दुकै घरमा पनि गीता पाइँदैन

 रामयुध्दको अस्तित्व नै के रहन्छ र!
 सारा नारीमा नै यदि सिता पाइँदैन

 ती वनपाखा मलाई धम्काईरहेछन्,
 मरेपछि जलाउन चिता पाइँदैन

 निराश फर्केको छु हर दोकानबाट,
 त्यहाँ एकतामा बाँध्ने फिता पाइँदैन

 संघर्ष गरौँला तर हात नफैलाउनु,
मागेर कहिल्यै अस्मिता पाइँदैन
 -@ विज्ञान दर्शन
Share:

Gazal- Mera Raharharu Raharmai Ramairahechhan

गजल

 मेरा रहरहरू रहरमै रमाईरहेछन
सपनामै सपनाहरु सजाईरहेछन

 जीन्दगीको बेहाल देखी हास्न खोजीरहेछु,
 यी ओठ भने खित्का छोड्न डराईरछेछन

 आमा सहारा खोज्दै पीडाले कराइरहँदा
 लोग्नेहरु भने स्वास्नीलाई फकाइरहेछन

 बडो फुर्ती देखाउँदै लम्के'थे गन्तव्यतर्फ,
ती पाइला आज बिचमै डगमगाई रहेछन

 पर्दा पछाडीको वास्बिकता थाहै नपाई
 हनुमानहरु शंकामा लंका जलाईरहेछन
 @ विज्ञान दर्शन
Share:

Most Viewed

Nepali Patro

Nepali calender

Follow me on social media

Profile

::::::::::::::::About Bigyan Darshan:::::::::::::::::

Bigyan Darshan is the young nepalese underground poet, song writer and gazalkaar of Bharatpur, Nepal. He was borned in 25 sept. 1997 A.D...

Total Pageviews

My Blog List

Video Of The Day

Translate

Search This Site

Featured Video