Friday, July 3, 2015

Gazal- Mera Raharharu Raharmai Ramairahechhan

गजल

 मेरा रहरहरू रहरमै रमाईरहेछन
सपनामै सपनाहरु सजाईरहेछन

 जीन्दगीको बेहाल देखी हास्न खोजीरहेछु,
 यी ओठ भने खित्का छोड्न डराईरछेछन

 आमा सहारा खोज्दै पीडाले कराइरहँदा
 लोग्नेहरु भने स्वास्नीलाई फकाइरहेछन

 बडो फुर्ती देखाउँदै लम्के'थे गन्तव्यतर्फ,
ती पाइला आज बिचमै डगमगाई रहेछन

 पर्दा पछाडीको वास्बिकता थाहै नपाई
 हनुमानहरु शंकामा लंका जलाईरहेछन
 @ विज्ञान दर्शन

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home