Achel kabitama By Bigyan Darshan
गजल
अचेल कवितामा कविता पाइँदैन
हिन्दुकै घरमा पनि गीता पाइँदैन
रामयुध्दको अस्तित्व नै के रहन्छ र!
सारा नारीमा नै यदि सिता पाइँदैन
ती वनपाखा मलाई धम्काईरहेछन्,
मरेपछि जलाउन चिता पाइँदैन
निराश फर्केको छु हर दोकानबाट,
त्यहाँ एकतामा बाँध्ने फिता पाइँदैन
संघर्ष गरौँला तर हात नफैलाउनु,
मागेर कहिल्यै अस्मिता पाइँदैन
-@ विज्ञान दर्शन
Labels: Creations