Saturday, November 19, 2016

Nepali Gazal | Chhaani Chaani Nirdoshlaai (छानी छानी निर्दोषलाई) | Bigyan Darshan

छानी छानी निर्दोषलाई ताकिन्छ यहाँ,
यसरी नै नेपाल देश हाँकिन्छ यहाँ

अरु चन्द्रमा छुन सफल भइ रहँदा,
बन्द हड्ताल सफल पार्न डाकिन्छ यहाँ

आमाको आँचल खोसिदा केही बोलिदैन,
तर गोर्खाली हुँ भनी फलाकिन्छ यहाँ

'अब सारा गरिबको गाँसको जिम्मा मेरो'
अरे बोलीले त संसारै ढाकिन्छ यहा

शान्तिको नाममा , धर्म निरपेछ्यता भन्दै,
बुध्द दर्शन कुनातिर जाकिन्छ यहाँ

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home